धादिङमा खुकुरी प्रहारबाट घाईते तामाङको मृत्यु
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका स्थित फुलखर्क देउरालीमा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको छ ।
स्थानीय भिमशेन बुढाथोकीले प्रहार गरेको धारिलो हतियारबाट गम्भीर घाइते भएका गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका यम बहादुर गुरुङको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै खुट्टा काटिएको र दुबै हात मध्ये एउटा हात छिनेको अवस्थामा ढिला गरी जिल्ला अस्पताल धादिङ ल्याइएको गुरुङलाई जिल्ला अस्पतालका डाक्टरहरुको अथक प्रयास रहदा पनि बचाउन नसकिएको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।
शनिबार साँझ गम्भीर घाइते भएका गुरुङलाई नाइट भिजन हेलिकप्टरमार्फत उपचारको लागि लान खोजिए पनि हेलिकप्टर नआएपछि अन्तिम अवस्थामा गाउँपालिकाको गाडीमा जिल्ला अस्पताल धादिङ ल्याइएको थियो । मैले गुरुङलाई हानेर आएँ भन्दै बाटोमा हिडिरहेको भिमसेन बुढाथोकीलाई स्थानीयले समाएर प्रहरीलाई बुझाएका छन् । घटना के कारणले भएको हो खुल्न सकेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया