धादिङमा खुकुरी प्रहारबाट घाईते तामाङको मृत्यु

विदुर खबर २०७७ वैशाख २८ गते ८:३४

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका स्थित फुलखर्क देउरालीमा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

Advertisement

स्थानीय भिमशेन बुढाथोकीले प्रहार गरेको धारिलो हतियारबाट गम्भीर घाइते भएका गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका यम बहादुर गुरुङको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै खुट्टा काटिएको र दुबै हात मध्ये एउटा हात छिनेको अवस्थामा ढिला गरी जिल्ला अस्पताल धादिङ ल्याइएको गुरुङलाई जिल्ला अस्पतालका डाक्टरहरुको अथक प्रयास रहदा पनि बचाउन नसकिएको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।

शनिबार साँझ गम्भीर घाइते भएका गुरुङलाई नाइट भिजन हेलिकप्टरमार्फत उपचारको लागि लान खोजिए पनि हेलिकप्टर नआएपछि अन्तिम अवस्थामा गाउँपालिकाको गाडीमा जिल्ला अस्पताल धादिङ ल्याइएको थियो । मैले गुरुङलाई हानेर आएँ भन्दै बाटोमा हिडिरहेको भिमसेन बुढाथोकीलाई स्थानीयले समाएर प्रहरीलाई बुझाएका छन् । घटना के कारणले भएको हो खुल्न सकेको छैन ।

Advertisement

प्रतिक्रिया