भूमि अतिक्रमणको विरोधमा नेविसंघ नुवाकोटको प्रर्दशन

विदुर खबर २०७७ वैशाख २७ गते १९:१९

नुवाकोट । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा नेविसंघ नुवाकोटले विदुरमा शनिवार शान्तिपुर्ण विरोध प्रर्दशन गरेको छ ।

Advertisement

नेविसंघ नुवाकोटका सचिव शंकर पाण्डेको नेतृत्वमा रहेका विद्यार्थीहरुले भूमि अतिक्रमण बढेको भन्दै विरोध जनाएका हुन । नेविसंघ नुवाकोटका विद्यार्थीहरुले लिपुलेक हाम्रो हो, भारतिय विस्तारवाद मुर्दावाद, सिमा अतिक्रमण बन्द गर लेखिएका प्ले कार्ड बोकेर शान्तिपुर्ण विरोध कार्यक्रम गरेका थिए ।

प्रतिक्रिया