अनशन तोडे पनि गंगामाया अस्पतालमै
काठमाडौं ,छोराको हत्यारालाई कारबाहीको माग गर्दै आउनुभएकी गंगामायाको अनशन शुक्रबारबाट तोडिएको छ । उहाँ वीर अस्पतालमा अनशन बस्नुभएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाउनुभएको हो । त्यसअघि कानुनमन्त्री शेरबहादुर तामाङद्वारा हस्ताक्षरित २ बुँदे पत्र पनि गंगामायालाई दिइएको थियो ।
पत्रमा २०७२ असोजमा जनाइएको ५ बुँदे प्रतिबद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै गंगामायाले र सरकारले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउन त्यसको अनुगमन गरी प्रतिवेदन बनाउने पनि पत्रमा उल्लेख छ ।
कानुनमन्त्री तामाङले गंगामायाको अनशन तोडिएको र गंगामायाले यसअघि गरिएका सहमति पालना गर्न सरकारलाई आग्रह गर्नुभएको जनाउनुभयो ।
‘विगतका सहमति पालना नभए फेरि पनि अनशन बस्छु भन्नुभएको छ, सरकार यसबारे गम्भीर छ’ –तामाङले भन्नुभयो ।
हत्या आरोपमा संलग्न भएका भनिएका छविलाल पौडेल सर्वोच्च अदालतमा आइतबार उपस्थित भएपछि डिल्लीबजार कारागार पठाइएको छ । पौडेलसँगै आरोपित अन्य अदालत उपस्थित भए पनि पौडेल भने यस अघि अदालतमा उपस्थित हुनुभएको थिएन ।
छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशन बसिरहेका बुबा नन्दप्रसादको ३ सय २९ दिनपछि २०७१ असोज ६ गते निधन भएको थियो । नन्दप्रसादकी श्रीमती गंगाामाया भने अस्पतालमै अनशनरत हुनुहुन्थ्यो । गंगामाया र नन्दप्रसादले सँगै अनशन सुरु गर्नुभएको हो ।
कृष्णप्रसादको २०६१ साल जेठ २४ गते माओवादीले चितवनमा हत्या गरेका थिए । घटनाका दोषीलाई कानुनी कारबाही नभएको भन्दै परिवारले अझैसम्म शव उठाउन मानेका छैनन । शवको दाहसंस्कार नहुँदा काजकिरिया पनि भएको छैन । नन्दप्रसादको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
गंगामायाको अनशनलाई नजिकबाट हेर्दै आउनुभएका र उहाँको जीवनरक्षाका लागि आवाज उठाउदै आउनुभएका नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले गंगामाया अनशन तोडे पनि अस्पतालमै रहेको र उहाँको बसोबासको लागि सरकारले व्यवस्था गरिदिनुपर्ने बताउनुभयो ।
‘उहाँ अस्पतालमै हुनुहुन्छ, कहाँ जाने भन्ने टुंगो छैन, सरकारले ध्यान दिनुपर्छ’, अर्यालले भन्नुभयो– ‘सहमति गरेका बुँदा पुरानै हुन्, सरकारले पूरा गर्न चासो दिनुको विकल्प छैन ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया