आजको मौसम : केही स्थानमा असिना र हावाहुरीसहित वर्षा हुने
विदुर खबर
२०७७ वैशाख २७ गते ९:४२
नुवाकोट । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ।
यस्तै, देशका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने जनाइएको छ।महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी भू-भागनजिक बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया