विदुर र वेलकोटगढी नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण

विदुर खबर २०७७ वैशाख २६ गते १७:५७

नुवाकोट। नेपाली कांग्रेस नुवाकोट र यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटको दुई नगरपालिकालाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

Advertisement

शुक्रबार नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् ट्रष्टका प्रमुख संरक्षक अर्जुन नरसिंह केसीले बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डित र बेलकोटगढी नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष अनन्तराम नेपाल र वडा नम्वर ७ का वडा अध्यक्ष हेमनिधि नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि ज्वरो नाप्ने डिजिटल थर्मोगन, मास्क र स्यानिटाइजर बितरण गरेको नेपाली कांग्रेस नुवाकोटका सभापति एवम् ट्रस्टका महासचिब जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभएको छ ।

दुबै नगरपालिकालाई १ हजारको दरले मास्क र २ थान थर्मोगन बितरण गरिएको उहाले बताउनुभएको छ । बेलकोटगढी नगरपालिका कोल्पुटारमा स्वास्थ्य सामाग्री बितरण कार्यक्रम स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले कोरोना भाइरस बिरुद्धको लडाइमा सबै पक्षको सक्रिय सहभागीता हुनुपर्ने बताउनुभएको छ । साथै, उहाले बिपदको यो समयमा सबै नागरिकलाई आवश्यक्ताको आधारमा समान रुपले राहत बितरण गर्न आग्रह नगरपालिकालाई गर्नुभएको छ ।

Advertisement

यस्तै, स्वास्थ्य सामाग्री ग्रहण गर्नुहुदै बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले उपलब्ध भएको सामग्रीले कोरोना संक्रमण बिरुद्धको अभियान थप प्रभावकारी बन्ने बताउनुभएको छ । बिदुरमा आयोजित कार्यक्रममा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसी, बिदुर नगरपालिका उपप्रमुख गिताकुमारी दाहाल, वडा नम्बर २ का अध्यक्ष बिरेन्द्र कुमार शाही, ३ का अध्यक्ष बद्री रिमाल, १० का अध्यक्ष गणेशकुमार नेपाल, नेपाली कांग्रेस बिदुर नगर सभापति नेत्र ढकाल लगायतको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले यस अघि पनि १० वटै गाउँपालिकालाई स्वास्थ्य सामाग्री, कृषकको लागि मास्क, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई, एम्बुलेन्स चालकलाई पीपीई लगायत स्वास्थ्य सामाग्री बितरण गरिसकेको छ ।

Advertisement

प्रतिक्रिया