नेकपाको सचिवालयको बैठकमा नेताहरुबीच चर्काचर्की

विदुर खबर २०७७ वैशाख २४ गते २०:२५

नुवाकोट ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ ।

Advertisement

स्थायी कमिटीको एजेण्ड तय गर्न बसेको सचिवालयको बैठकमा नेताहरुबीच चर्काचर्की भएपछि भोलीको लागि बोलाइएको स्थायी कमिटीको बैठक अनिश्चित भएको हो । सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड– एवं वरिष्ठ नेता माधव कुमार नेपालबीच चर्काचर्की भएको सचिवालयका एक सदस्यले बताए ।

उनका अनुसार एक व्यक्ति एक पदको एजेण्डा पारित गर्ने विषयमा असन्तुष्टि जनाउदै सचिवालय बैठक जारी रहेकै बेला प्रधानमन्त्री ओली उठेर हिडेका थिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठकमा एजेण्ड तय गर्न अध्यक्षद्धयबीच गृहकार्य नपुगेकाले सचिवालयको बैठकले निर्णय गर्न नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धयबीच छलफल भइरहेको छ ।

Advertisement

प्रधानमन्त्री ओलीले कार्यव्यस्तता र शारीरिक कारण देखाए बैठकबाट बाहिरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया