वीरगञ्जका १७ जनामा कोरोना संक्रमणको पुष्टि, दुई महिने शिशु पनि संक्रमित

विदुर खबर २०७७ वैशाख २४ गते १६:३१

नुवाकोट । नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा  १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

Advertisement

प्रतिक्रिया