बुद्ध जयन्तिको अवसरमा भोलि सार्वजनिक बिदा
विदुर खबर
२०७७ वैशाख २४ गते १५:५७
नुवाकोट । सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।
बुद्ध जयन्तिको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको हो। २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमारचण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले बुधबार सूचना निकालेर बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी बिदा रहेको जानकारी गराएका छन्।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया