गायिका धनकुमारी थापा ‘सरु’ले देखाईन सहयोगी भाबना
काठमाडौं । अहिले विश्व आतंकित भईरहेको छ कोरोनाका कारण । विश्व नै अहिले पिडामा छ । कोरोना भाइरस (कोभिड-१९)ले त्रास फैलाएको छ जताततै । त्यही पिडामा हाम्रो देश र हामी छौ । यसको नियन्त्रण र रोकथामका लागि भन्दै नेपाल सरकारले गरेको ‘लकडाउन’को ४३औं दिनमा छौ हामीहरु ।
‘लकडाउन’का कारण विभिन्न समस्या निम्ताएको छ । ‘लकडाउन’का कारण समस्या परेको व्यक्तिहरुलाई केही मनकारी व्यक्तिहरुले सहयोग गर्दै आइरहेका छन् । यस्तैमा गायिका तथा महिला उद्यमी धनकुमारि थापा थापा ‘सरु’ले पनि आफ्ना सहयोगी हात अगाडि बढाएकी छन् । समय समयमा विभिन्न व्यक्तिलाई सहयोग गर्दै आएकी लोकदोहोरी गायिका धनकुमारी थापा ‘सरु’ले सोमबार मानव सेवा आश्रमका सयौ बृद्धबृदाहरुलाई भोजन गराएकी छन् । उनले असहाय, बालबालिका तथा बृद्धहरु लाई भोजन गराएकी हुन् ।
भक्तपुर क्यान्सर अस्पताल, सुर्यविनायक, ठिमी लगायतका ठाउँमा विचलित अवस्थामा रहेका असहाय एवम् पिडितलाई सहयोग गरेको उनले बताइन । विगत २८ दिनदेखी आर्थिक समस्यामा रहेका र खानाबाट बञ्चित भएका ब्यक्तिहरुलाई मानव सेवा आश्रमले भोजन उपलब्ध गराउदै आएको छ । ‘लकडाउन’को समयमा समस्यामा परेका ब्याक्तिहरुलाई सहयोग गर्न पाउदा आफुलाई खुशी लागेको गायिका सरुले बताइन । उनले बाँचुन्जेल जीवनमा राम्रो काम गदैँ, समाज परिवर्तनको लागि आफु निरन्तर लाग्नेसमेत बताइन । ‘मलाई मानविय सेवा गर्नको लागि सहजिकरण गरेको मानव सेवा आश्रम परिवारलाई हृदयदेखी नै आभार ब्यक्त गर्दछु’,
उनले भनिन् ‘आगामी दिनमा पनि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया