नुवाकोटको मेरो माइक्रोफाइनान्सले दियो गोरखाको सिरानचोक गाउँपालिकालाई आर्थिक सहयोग

विदुर खबर २०७७ वैशाख २३ गते १७:३२

नुवाकोट । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय  रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडले कोरोना भाइरसका कारण लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्नका लागी सिरानचोक गाउँपालिका, गोरखालाई आर्थिक सहयोग गरेको छ ।

Advertisement

बिश्वभर फैलिएको कोरोनाभाइरसले समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि गाउपालिकाको पहलकदमीलाई साथ दिन फाइनान्स बाट संस्थागत उक्तरदायित्व अन्र्तगत २० हजारको चेक प्रदान गरिएको संस्थाले जनाएको छ । फाइनान्सका शाखा कार्यालयका शाखा प्रबन्धक दिपक भट्टले सिरानचोक गाउँपालिका प्रमुख राजु गुरुङलाई उक्त चेक प्रदान गरिएको हो ।

मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६१ जिल्लमा १२० शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया