बट्टारको सुकुमबासीटोलबाट घरेलु मदिरा बरामद
विदुर खबर
२०७७ वैशाख २२ गते १९:४०

बट्टार । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको सुकुमबासीटोलबाट प्रहरीले घरेलु मदिरा बरामद गरेको छ ।
बट्टारबाट खटिएको प्रहरी टोलीले युनाइटेड आधारभुत विद्यालय अगाडी रहेको सकुमबासी टोलमा रहका राम बहादुर तमाङ( गोर्स्याङ) को घरबाट करिव एकसय लिटर भन्दा बढी घरेलु मदिरा बरामद गरेको हो । प्रहरिले घरेलु मदिरा बनाउने पदार्थ (कट) समेत वरामद गरेको छ ।
प्रहरीलाई सोही स्थानमा तास र पोट खेलिरहेको अवस्थाामा पोटको बोर्ड समेत समातेको छ । तर प्रहरी आएपछि भने पोट खेल्नेहरु भागेका थिए । स्थानियबासीका अनुसार सो ठाउँमा सधै अवैध घरेलु मदिरा बन्ने गरेको गुनासो गरेपनि प्रहरीले नियन्त्रणमा लिन नसकेको बताएका छन । सो स्थानमा सधै मदिरा बिक्री बितरण गर्ने, जुवा र तास समेत व्यावसायिक रुपमै खेल्ने स्थानमा भएको एक स्थानियले विदुर खबरलाई जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया