नुवाकोट । अज्ञात रोगका कारण महोत्तरीमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । एक्कासी बिरामी भएका दनुवारको मृत्यु भएपछि स्थानीय त्रसीत बनेका छन् । शनिबार मात्रै बर्दिवास–१२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएको थियो ।
हालसम्म मृत्यु भएका सबैमा एकै प्रकारको लक्ष्ण देखिएको छ । स्थानीयका अनुसार बिरामीलाई पेट दुख्ने बान्ता हुने, झाडापखला लाग्ने र अन्तिममा मृत्यु हुने लक्ष्ण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको चिकित्सकहरुको टोलीले घटनास्थल पुगेर अध्ययन गरिरहेको प्रहरी जनाएको छ ।











बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया