बालुवाटारमा हस्ताक्षर गर्नुको कुनै औचित्य छैन : नेतृ झाँक्री

विदुर खबर २०७७ वैशाख १७ गते १७:०१

काठमाडौं । प्रतिनिधिसभाको सांसद एवं नेकपाका नेतृ राम कुमारी झाक्रीले प्रधानमन्त्री ओलीको पक्षमा वालुवाटारमा केही सांसदहरुले गरेको हस्ताक्षरको कुनै औचित्य नभएको बताउनुभएको छ ।

Advertisement

उहाँले पार्टीको सचिवालय बैठक बस्नुपूर्व हस्ताक्षर गर्नुको कुनै अर्थ नभएको बताउनुभएको हो ।नेतृ झाक्रीले भन्नुभयो,‘प्रधानमन्त्री ओलीको विरुद्ध अविश्वासको प्रस्ताव पनि आएको छैन, अहिलेसम्म बहुमतमा हुनुहुन्छ, हस्ताक्षर गर्नुको अर्थ र औचित्य छैन् ।’ पार्टीको परामर्श विना नै एकलौटी ढंगले अगाडी बढने शैलीले अहिले प्रधानमन्त्री ओली अपठ्यारोमा परेरे आत्तिएको बताउदै प्रधानमन्त्री ओली स्वयंमले गुट शक्ति देखाउन खोज्नु हास्यपद भएको टिप्पणी गर्नुभयो ।

प्रचण्ड–नेपाल पक्षले पनि सांसदहरुको हस्ताक्षर अभियान सञ्चालन गरेको हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो,‘हस्ताक्षर नै गर्नुपर्दैन, सचिवालय स्थायी समिति, केन्द्रीय समिति र संसद दलमा स्पष्ट बहुमत छ, ओली पक्षमा हस्ताक्षर गर्ने बाहेकका सबै सांसद स्वत यतै त हुन्छन ।’

Advertisement

प्रतिक्रिया