आज साँझ नेकपा सचिवालय बैठक बस्ने

विदुर खबर २०७७ वैशाख १७ गते ८:५२
g]skf ;+;bLo bnsf] a}7s g]kfn sDo'lgi6 kf6L{ ;+;bLo bnsf] k|wfggdGqL lgjf; afn'jf6f/df z'qmaf/ a;]sf] a}7sdf k|wfgdGqL Pj+ g]kfn sDo'lgi6 kf6L{sf cWoIf s]kL zdf{ cf]nL, cWoIf k'iksdn bfxfn k|r08nufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

Advertisement

नुवाकोट । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार साँझ बस्दैछ।

बैठक बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। मंगलबार नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि सचिवालयको समय तय भएको हो। यसअघि सोमबार प्रधानमन्त्री ओली र माधव नेपाल पक्षबीच भएको छलफलपछि मंगलबार नै बैठक बस्ने नेपाल पक्षका नेताहरुले बताएका थिए। तर मंगलबार बैठक बस्न सकेको थिए।

Advertisement

सरकारले ल्याएको दुई अध्यादेशले नेकपामा विवाद बढ्दै गएको छ। बैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको सार्वजनिक भए लगत्तै सचिवालय बैठक बसेको थियो। तर, बैठककै बीच राष्ट्रपतिबाट अध्ययादेश जारी भएपछि बैठकको औचित्य सकिएको निष्कर्ष सदस्यहरुले निकालेका थिए।

यसबीच अध्यादेश फिर्ता भइसकेको छ। तर, नेकपाको विवाद भने गहिरिँदै गएको छ। पार्टीमा स्थायी कमिटी बैठकको माग पनि हुँदै आएको छ। २० सदस्यले बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाएका छन्। आजको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने अपेक्षा गरिएको छ।

Advertisement

१६ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सचिवालय बैठक बोलाएको छ ।अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो । बैठक भोलि साँझ ५ बजे बोलाइएको छ ।

प्रतिक्रिया