धादिङमा टिपर दुर्घटना, सहचालकको मृत्यु, चालक घाइते
विदुर खबर
२०७७ वैशाख १७ गते ८:३३
धादिङ । जिल्लाको धुनिबेंसी नगरपालिका–९, कानाकोटस्थित त्रिभुवन राजपथमा भएको दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।
बा५ ख ६७७५ नम्बरको टिपर अनियन्त्रित भई सोमबार राति सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा टिपरका सहचालक धुनिबेंसी नगरपालिका–९ बस्ने ३० वर्षीय अमृत बोगटीको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका टिपर चालकको भने वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको खानीखोलास्थित प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया