लाङटाङ राष्ट्रिय निकुञ्जमा अवैध गतिविधि बढ्यो
रसुवा । लकडाउनको समयमा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध गतिविधि बढेको छ। लकडाउन घोषणायता निकुञ्ज क्षेत्रभित्र ८ वटा अवैध गतिविधि भएका छन्।
त्यस्ता गतिविधिमा संलग्न ३७ जनालाई पक्राउ गरी निकुञ्जले कारबाही गरेको छ। निकुञ्ज क्षेत्रभित्र पसेर वन्यजन्तुको अवैध सिकार गर्ने, माछा मार्ने, काठ तथा दाउरा संकलन गर्ने, वन्यजन्तुलाई पासो राख्ने, अवैध रुपमा भ्यागुता तथा पाहा संकलन गर्ने व्यक्तिलाई पक्राउ गरिएको निकुञ्जका रेन्जर रमेश बस्नेतले बताए। लकडाउनको समयमा सबै जना घरभित्र बसेको मौका छोपेर निकुञ्जमा प्रवेश गरी अवैध गतिविधि गर्नेको संख्या बढेको उनले बताए। पक्राउ परेका केहीलाई नियमानुसार जरिवाना र केहीलाई पुनः यस्ता गतिविधि नगर्ने सर्तमा छोडिएको छ।
निकुञ्जमा एक हजारभन्दा बढी वनस्पति, ४६ प्रकारका स्तनधारी जनावर, २ सय ५० भन्दाबढी पन्छी, ११ प्रकारका सरिसृप, ३० जातका माछा, १० किसिमका माकुरा र ५८ प्रजातिका पुतली पाइन्छ। निकुञ्जमा विश्वमानै दुर्लभ वन्यजन्तु हिँउचितुवा, रेडपाण्डा र कस्तुरी मृगको बासस्थान रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया