त्रिभुवन त्रिशुली माविको वार्षिक परीक्षाको नतिजा सार्वजनिक
विदुर – विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को कारण त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले वार्षिक परीक्षाको नतिजा वेबसाईटबाटै सार्वजनिक गरेको छ ।
विद्यालयले महामारी प्रभावलाई दृष्टिगत गर्दै आज आफ्नो आधिकारीक वेबसाइटबाट नतिजा प्रकाशित गरिएको विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले जानकारी दिएका छन् ।
विद्यालयको वार्षिक परीक्षाको नतिजाफल अनुसार ‘ए प्लस’ १ जना, ‘ए’ ग्रेडमा १८ जना विद्यार्थीहरु कक्षा अपग्रेड भएका छन् । यस्तै ‘बि प्लस’ ५७, ‘बि’ ६२, ‘सी प्लस’ ७९, ‘सी’ मा ५८ र ६ जना ‘डी प्लस’ ग्रेडमा विद्यार्थीहरु कक्षा अपग्रेड भएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिएका छन् ।
परीक्षाफलको पूर्ण प्राप्तांकको लागि सम्बन्धित कक्षा शिक्षक/शिक्षिकाहरुसँग टेलीफोनमार्फत बुझ्न सकिने विद्यालयले जनाएको छ ।
थप जानकारीको लागि विद्यालयको वेबसाइट http://tthss.edu.np/2020/04/4667/ मा हेर्न सकिनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया