नेकपा भित्र तिव्र विवाद,आज सचिवालय बैठक बस्ने
नुवाकोट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको आन्तरिक विवादले शीर्ष नेताका निवासमा दौडधुप बढेको छ । बालुवाटार, खुमलटार र कोटेश्वरमा सघन छलफल चलिरहेको छ ।
सरकारले ल्याएको अध्यादेशको कारण उत्पन्नभएको विवाद उत्कर्षमा पुगगेसँगै विवादको समाधानगर्न शीर्ष नेतानिवासमा धौडधुप भएको हो ।शीर्ष तहमा शक्ति संघर्ष देखिएसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीले असन्तुष्ट समूहलाई फकाउने र गलाउने रणनीति लिनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एकै ठाउँमा उभिएपछि प्रधानमन्त्री ओली जारी भएको दुई अध्यादेश फिर्ता लिन बाँध्य हुनुभएको थियो ।
स्थायी समितिका बहुमत सदस्यहरुले स्थायी समितिको बैठकको माग गरेपछि अध्यक्ष ओली थप दबाबमा पर्नुभएको छ । प्रधानमन्त्री ओलीले असन्तुष्ट वरिष्ठ नेता नेपालसँगको छलफललाई तीब्रता दिनुभएको छ । तर सहमति जुट्न सकेको छैन । सकेसम्म प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाएर विवाद सामसुम पार्ने रणनीतिमा रहनुभएको छ । तर, प्रचण्ड–नेपाल समूहभने स्थायी समितिको बैठक बोलाउनुपर्ने अडानमा हुनुहुन्छ ।
शीर्ष तहमाविवाद बढेपछि शीर्ष नेता निवासमा दिनहुँजसो गुटको भेला हुनेगरेको छ । केही दिनअघि उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा बहुमत सचिवालय सदस्यको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुटारमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम, वरिष्ठ नेता नेपालसँग एक्लाएक्लै भेटेर आफ्नो पक्षमा ल्याउने रणनीति बनाउनुभएको छ । त्यसैगरी अर्का अध्यक्ष प्रचण्ड निवास खुमलटारमा पनि पूर्वमाओवादी समुहको भेलाहुने गरेको छ ।
सोमवार प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएलगत्तै नेपाल निवासमा ओली र नेपाल समूहको छुट्टै भेला सम्पन्न भएको छ । भेलाले यथाशीघ्र र व्यवस्थित ढंगले पार्टी कमिटीको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको भेलामा सहभागी स्थायी समिति सदस्य रघुजी पन्तले बताउनुभयो ।त्यस्तै दुवै पक्षबीच सचिवालयको बैठक मंगलबार बस्ने सहमति पनि भएको छ ।सचिवालयको बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने पनि सहमति भएको छ । उक्त बैठकमा माधव नेपालपक्षले सरकार र पार्टीका कामबारे विना पूर्वाग्रह समीक्षा गर्नुपर्ने र समस्याको निकास खोज्नुपर्ने धारणा राखेको बताइएको छ । त्यस्तै,त्यस्तो निकास पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले दिनुपर्नेमा नेताहरु एकमत बनेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्न दवाव परेको छ । त्यसैगरी सोमबारै दिउँसो अध्यक्ष प्रचण्ड र नेता झलनाथ खानलबीच खुमलटारमा भेटवार्ता भएको थियो । प्रचण्ड र खनालको सहभागिता नरहेको कोटेश्वरको बैठकमा ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावललगायतको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया