ॐ श्री गोसाइँकुण्ड सहकारीद्धारा विदुर नगरपालिकाको राहत कोषमा ६५ हजार ५ सय ६५ रुपैया सहयोग
विदुर । बिदुर नगरपालिका वडा नम्बर २, बट्टारमा रहेको ॐ श्री गोसाइँकुण्ड बहुउद्देश्यीय सहकारीले आफ्ना सदस्यहरुको लागि राहत र सहयोग प्याकेज घोषणा गरेको छ ।
सोमवार बसेको सञ्चालक समितिको बैठकले विस्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारण उत्पन्न परिस्थितिको आकलन गर्दै आफ्ना सदस्यहलाइ पर्न गएको असहजतालाई मध्यनजर गरि राहत उपलब्ध गराउन लागेको सहकारीले जनाएको छ ।
त्यस्तै सहकारीले लकडाउन अवधी भित्र कुनै सदस्यले आफुले लिएको कर्जाको सावाँ तथा ब्याजको किस्ता नियमित गरेमा निजले तिर्न पर्ने ब्याज रकमको २० प्रतिशत र हालसम्मको हर्जाना छुट दिने बताएको छ । यस्तै लकडाउनको अवधीभित्र कुनै सदस्यले आफुले लिएको कर्जाको सावाँ नतिरी तिर्नुपर्ने सबै ब्याज नियमित गरेमा तिर्नुपर्ने ब्याज रकमको १५ प्रतिशत र हालसम्मको सम्पुर्ण हर्जना छुट दिने निर्णय गरेको छ । त्यस्तै बैठकले लकडाउन अवधीपछि जेष्ठ मसान्तभित्र कर्जाको सावाँ र ब्याज नियमित गरेमा ब्याज रकमको १५ प्रतिशत र सम्पुर्ण हर्जना छुट दिने, लकडाउन अवधीपछि जेष्ठ मसान्त भित्र सावाँ नतिरी ब्याज मात्र नियमित गरेमा तिर्नुपर्ने ब्याज रकमको १० प्रतिशत र सम्पुर्ण हर्जाना छुट दिने र २०७७ असाढ मसान्तसम्म कर्जाको सावाँ ब्याज नियमित गरेमा सो मा लाग्ने सबै हर्जना छुट गर्ने निर्णय गरेको सहकारीका अध्यक्ष इन्द्रबहादुर पन्डितले जानकारी दिए ।
त्यस्तै सहकारीले बिदुर नगरपालिकाद्वारा स्थापना गरिएको कोरोना भाईरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा समेत संस्थाको तर्फबाट ६५ हजार ५ सय ६५ रुपैया आर्थिक सहयोग गर्ने भएको छ । वितरण गरिएको रकम संचालक समितीको एक पटकको बैठक भत्ता र कर्मचारीहरुको तर्फबाट संकलन गरि सहयोग गर्ने निर्णय गरेको अध्यक्ष पण्डितले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया