नुवाकोटमा लकडाउन उल्लघन गर्ने एकसभन्दा बढी प्रहरी नियन्त्रणमा

विदुर खबर २०७७ वैशाख १५ गते १७:५२

विदुर । नुवाकोट प्रहरीले आज लकडाउन उल्लघन गर्ने एकसयभन्दा बढीलाई दुई घण्न्टा नियन्त्रणमा लिएर छाडेको छ ।

Advertisement

जिल्लामा लकडाउन उल्लघनका घटना बढि भएको तथा जिल्लामा रहेका प्रहरी र प्रशासनको चर्काे आलोचना बढेपछि नुवाकोट प्रहरीले आज चेकजाँचमा कडाई गरेको हो । प्रहरीले लकडाउनको उल्लछन गरेको भन्दै एकसय ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । जसमध्ये ७० पुरुष र ३५ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पछिल्लो एकसातायता नुवाकोटमा लकडाउन उल्लघनका घटनामा वृद्धि भएपनि नुवाकोट प्रशासन र प्रहरी रमिते बनेको भन्दै सामाजिक संजालमा विरोध भइरहेको छ ।

प्रतिक्रिया