वीरगन्जमा थप दुई जनामा कोरोना आशंका, नारायणी अस्पताल ल्याइयो

विदुर खबर २०७७ वैशाख १४ गते १२:०६

नुवाकोट । वीरगन्ज महानगरपालिका छपकैयाँका थप दुईजनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।

Advertisement

छपकैयाँको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको नारायणी अस्पताल स्रोतले बताएको छ ।  दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ। यीमध्ये एकजना महानगरका सफाइ कर्मचारी हुन्। अर्का व्यक्तिलाई सिद्धार्थ मावीको क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

 

Advertisement

अस्पतालबाट आजै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको थियो, जसमा तीनजना जमाती थिए। शनिबार १ सय ८७ जनाको स्वाब पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको र थियो। अहिले छपकैयाँ क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।

शनिबार हेटौंडामा गरिएको परीक्षणमा लगातार दोस्रोपटक नेगेटिभ देखिएपछि पहिले नै भर्ना भएका चारजनालाई अस्पतालले आजै डिस्चार्ज गर्ने तयारी गरिरहेको छ।

Advertisement

प्रतिक्रिया