रााष्ट्रिय वाणिज्य बैकले दियो नुवाकोट प्रहरीलाई माक्स र पानी ट्याङ्की

विदुर खबर २०७७ वैशाख ७ गते १८:३९

                  नुवाकोट प्रहरीलाई माक्स वितरण गर्दे रााष्ट्रिय वाणिज्य बैंकका विदुर शाखा प्रबन्धक पुष्पराज घिमिरे ।

बट्टार । रााष्ट्रिय वाणिज्य वैक विदुर शाखाले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई माक्स र पानी ट्याङ्की वितरण गरेको छ ।

Advertisement

आईतवार बैकको कार्यालय विदुरमा शाखा प्रबन्धक पुष्पराज घिमिरेले जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्ले र डिएपी राजेश थापालाई माक्स र पानी ट्याङ्की प्रदान गरेका हुन ।बैकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत माक्स र पानी ट्याङ्की वितरण गरेको बैंकका शाखा प्रबन्धक घिमिरेले जानकारी दिए । बैकले ३ सय ६० थान माक्स र एक ओटा पानी ट्याङ्की प्रदान गरेको उनले बताए ।

यसअघि बैकले विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको जेष्ठ नागरिक संरक्षण तथा अध्धयन प्रतिष्ठानम रहेका वृद्धवृद्धाहरुलाई समेत खाद्यान्न सामाग्री प्रदान गरेको थियो ।

Advertisement

प्रतिक्रिया