नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार

विदुर खबर २०७५ असार २८ गते १५:४६

काठमाडौँ,  अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा आएको बाढी तथा पहिरो पीडितहरूको जनधनको क्षतिको न्युनीकरण गर्न उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरी नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ ।

Advertisement

उद्धारका क्रममा आज विष्णुदल गण, धुलिखेलबाट खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२, पुलबजारमा डुबानमा फसेका चारजनाको उद्धार गरेको तथा उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्टसहित नेपाली सेनाको हेलिकोप्टरद्वारा नमोबुद्ध नगरपालिका–६, रोशी खोलाको बीच ढुङ्गामा फसेका दुईजनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

उद्धारकै क्रममा आजै रणचण्डीदल गण, खरिपाटीबाट खटिएको टोलीले चाँगुनारायण नगरपालिका–७ मा अविरल वर्षाका कारण घर भत्किन गई मृत्यु भएका तीनजनाको शव तथा घरका सामान बाहिर निकाल्ने कार्यमा सहयोग गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Advertisement

त्यस्तै, कम्पोजिट क्विक रेस्पोन्स टिम, वीरदल गण सूर्यविनायक, नं. १ विपद् व्यवस्थापन गण, सुन्दरीजल र नं.१४ वाहिनी अड्डा गौचरबाट खटिएको टोलीले डुबानमा परेका भक्तपुर जिल्लाको राधे राधे इलाकाबाट ३० जना र मध्यपुर ठिमीबाट २० जनाको सकुशल उद्धार गरेको सेनाले जनाएको छ ।

प्रतिक्रिया