नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
काठमाडौँ, अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा आएको बाढी तथा पहिरो पीडितहरूको जनधनको क्षतिको न्युनीकरण गर्न उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरी नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ ।
उद्धारका क्रममा आज विष्णुदल गण, धुलिखेलबाट खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२, पुलबजारमा डुबानमा फसेका चारजनाको उद्धार गरेको तथा उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्टसहित नेपाली सेनाको हेलिकोप्टरद्वारा नमोबुद्ध नगरपालिका–६, रोशी खोलाको बीच ढुङ्गामा फसेका दुईजनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
उद्धारकै क्रममा आजै रणचण्डीदल गण, खरिपाटीबाट खटिएको टोलीले चाँगुनारायण नगरपालिका–७ मा अविरल वर्षाका कारण घर भत्किन गई मृत्यु भएका तीनजनाको शव तथा घरका सामान बाहिर निकाल्ने कार्यमा सहयोग गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
त्यस्तै, कम्पोजिट क्विक रेस्पोन्स टिम, वीरदल गण सूर्यविनायक, नं. १ विपद् व्यवस्थापन गण, सुन्दरीजल र नं.१४ वाहिनी अड्डा गौचरबाट खटिएको टोलीले डुबानमा परेका भक्तपुर जिल्लाको राधे राधे इलाकाबाट ३० जना र मध्यपुर ठिमीबाट २० जनाको सकुशल उद्धार गरेको सेनाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया