त्रिशुली अस्पतालमा आइसियु निर्माणको लागि सरकारसँग पहल गर्ने नेकपा नुवाकोटको निर्णय

विदुर खबर २०७७ वैशाख ६ गते १८:५१

नुवाकोट । नेकपा नुवाकोटले त्रिशुली अस्पतालमा आइसियु सञ्चालनका लागि आवश्यक उपकरण सरकारसंग माग गर्ने निर्णय गरेको छ ।

Advertisement

शुक्रवार पार्टी कार्यालय विदुरमा वसेको नेकपा नुवाकोटको बैठकले सो निर्णय गरेको नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले बताए ।  विश्वव्यापी महामारीको रुपमा देखापरेको कोराना भाइरसको संक्रमण जिल्लामा फैलिएमा अस्पतालमा आइसियु आवश्यक हुने भएकोले बैठकले सो निर्णय गरेको अध्यक्ष खतिवडाले बताए ।

अध्यक्ष  खतिवडाका अनुसार आइसियु सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरु संघीय र प्रदेश सरकारसंग माग गरिएको छ । त्यस्तै कोरोना भाइसरको उपचार र परीक्षणका लागि चिकित्सकहरुलाई आवश्यक पर्ने पिपिई, थर्मलगन जस्ता अत्यावश्यक सामाग्रीको ब्यस्थापन छिट्टै गर्न पनि तीनै तहको सरकारसंग आग्रह गर्ने निर्णय गरेको छ ।

Advertisement

त्यस्तै बैठकले लकडाउनका कारण समस्यामा परेका असाहय, मजदुर, बिपन्न तथा गरिब ब्यक्ति र परिवारहरूको पहिचान गरि राहत उपलब्ध गराउनको लागि तीनै तहको सरकारलाई नेकपा नुवाकोटले आग्रह गरेको छ ।

प्रतिक्रिया