तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे
काठमाडौँ, भूकम्पपछिको पुनःनिर्र्माणअन्तर्गत निजी घर निर्माण अन्तिम चरणमा पु¥याएर तेस्रो किस्ता लिने लाभग्राहीको संख्या दुई लाख नाघेको छ ।
घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पु¥याएका दुईलाख आठ हजार ४३ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । यद्यपि, तेस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या दुई लाख ३४ हजार ९४२ पुगिसकेको छ । उनीहरु निजी आवास अनुदानको तेस्रो किस्तावापतको रु एकलाख लिनका लागि योग्य भइसकेका छन् ।
तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या दुई लाख ४६ हजार २८८ पुगेको छ । जिल्लागतरुपमा दोलखामा सबैभन्दा धेरै ३३ हजार ५८२ले तेस्रो किस्ता लिएका छन् सिन्धुपाल्चोकका ३० हजार ४४४, गोरखाका २९ हजार ८८० लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।
तेस्रो किस्ता लिने लाभग्राहीको संख्यासँगै निर्माण सम्पन्न भएका घरको संख्यामा उत्साहजनक बढोत्तरी भइरहेको छ । पाँचलाख नौ हजार ४१८ घर पुनःनिर्माणको चरणमा छन् जसमध्ये दुई लाख ३९ हजार ९८को निर्माण सम्पन्न भइसकेको छ । त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या पनि उत्साहजनक ढंगले वृद्धि भएको छ । बुधबारसम्मको तथ्यांकअनुसार चारलाख ४९ हजार ३३८ जना लाभग्राहीले दोस्रो किस्ता लिइसकेका छन् । भूकम्प प्रतिरोधी मापदण्डअनुसार डिपिसी तहसम्मको निर्माण गरेपछि लाभग्राहीले दोस्रो किस्ता पाउँछन् ।
पछिल्लोपटक गुनासो सम्बोधनपछि थपिएकासमेत गरी कूल लाभग्राहीको संख्या आठलाख सात हजार ४८६ पुगेको छ जसमध्ये सात लाख २१ हजार ७३६ सँग अनुदान सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया