विप्लव माओवादी नुवाकोट सेक्रेटरी विन्तोष चौथो पटक पक्राउ


फाईल फोटो ।
नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी विन्तोष सिलवाल चौथोपटक पक्राउ परेका छन् ।
हालै उनलाई पक्राउ गरी धादिङ हुँदै सुनसरी लगिएको छ । यसअघि पुस चौथो साता ककनी गाउँपालिका ४ बाट उनी पक्राउ परेका थिए । त्यतिबेला उनलाई प्रहरी टोलीसँग अभद्र व्यवहार भनिए पनि एनसेल टावरमा आगजनीको आरोपमा पक्राउ परेका थिए । उनलाई पहिला सार्वजनिक शान्ति सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट म्याद लिई हिरासतमा राखिएको थियो । पछि मुद्दा नुवाकोट अदालतमा पुगेपछि उनले २० हजार रुपैयाँ धरौटीमा छुट्न र धरौटी तिर्न नमानेपछि जिल्ला कारागारमा राखिएको थियो ।
नुवाकोट अदालतले स्रोतले कोभिड १९ को महामारीमा उनले बन्दीप्रत्यक्षीकरणमा एक वर्षभित्रका मुद्दामा कैद काटिरहेकाले रकम तिरेर छुटन् पाउने प्रावधानबाट उनी पुन: २० हजार रुपैयाँमा तिरी छुट्न खोजेका थिए । उनलाई कारागारबाट छुटेलगत्तै हातहतियार खरखजाना मुद्दामा प्रहरीले पुन: पक्राउ गरी धादिङ हुँदै सुनसरी पुर्याइएको छ । उनी साढे दुई वर्षअघि पत्रकार सम्मेलन गर्दागर्दै पक्राउ परेका थिए । त्यतिबेला उनी जिल्ला जनपरिषद् नुवाकोटका जनसरकार प्रमुख थिए ।
प्रतिक्रिया