विप्लव माओवादी नुवाकोट सेक्रेटरी विन्तोष चौथो पटक पक्राउ

फाईल फोटो ।
नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी विन्तोष सिलवाल चौथोपटक पक्राउ परेका छन् ।
हालै उनलाई पक्राउ गरी धादिङ हुँदै सुनसरी लगिएको छ । यसअघि पुस चौथो साता ककनी गाउँपालिका ४ बाट उनी पक्राउ परेका थिए । त्यतिबेला उनलाई प्रहरी टोलीसँग अभद्र व्यवहार भनिए पनि एनसेल टावरमा आगजनीको आरोपमा पक्राउ परेका थिए । उनलाई पहिला सार्वजनिक शान्ति सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट म्याद लिई हिरासतमा राखिएको थियो । पछि मुद्दा नुवाकोट अदालतमा पुगेपछि उनले २० हजार रुपैयाँ धरौटीमा छुट्न र धरौटी तिर्न नमानेपछि जिल्ला कारागारमा राखिएको थियो ।
नुवाकोट अदालतले स्रोतले कोभिड १९ को महामारीमा उनले बन्दीप्रत्यक्षीकरणमा एक वर्षभित्रका मुद्दामा कैद काटिरहेकाले रकम तिरेर छुटन् पाउने प्रावधानबाट उनी पुन: २० हजार रुपैयाँमा तिरी छुट्न खोजेका थिए । उनलाई कारागारबाट छुटेलगत्तै हातहतियार खरखजाना मुद्दामा प्रहरीले पुन: पक्राउ गरी धादिङ हुँदै सुनसरी पुर्याइएको छ । उनी साढे दुई वर्षअघि पत्रकार सम्मेलन गर्दागर्दै पक्राउ परेका थिए । त्यतिबेला उनी जिल्ला जनपरिषद् नुवाकोटका जनसरकार प्रमुख थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया