साँसद पाण्डेद्धारा जिल्लाको विभिन्न स्थानको अनुमगन

विदुर । बाग्मति प्रदेशका सांसद तथा नेकपा बाग्मति प्रदेशका मुख्य सचेतक केशबराज पाण्डेल नुवाकोटको विभिन्न स्थानिय तहको अनुगमन गरेका छन ।
पाण्डेले विदुर र वेलकोटगढी नगरपालिका अन्तरगत विभिन्न स्थानमा निर्माण गरिएको होम क्वारेनटाईनको निरिक्षण तथा वडाहरुमा भैइरहेको राहात बितरणको अवस्था बुझ्न उनी शुक्रवार विभिन्न वडाहरुमा पुगेका हुन । सांसद पाण्डेले शुक्रवार विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा पुगेर वडाले गरेको विकास निर्माणका कामहरुको अनुगमन तथा कोरोना भाइरसका कारण मर्कामा परेका स्थानियवासीहरुसँग छलफल गरेका थिए ।
छलफलका क्रममा सांसद पाण्डेले विदुर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष तोयानाथ तिम्सीनालाई वडामा भएका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन साथै कोरोनाका कारण देशभरको जनजीवन अस्तव्यस्त भइरहेको भन्दै कोहिपनि भोकै रहनुपर्ने अवस्था आउन नदिन निर्देशन दिएका छन । छलफलमा विदुर नगरपालिकाकी उपमेयर गिता दाहाल अर्याल, अनेरास्वीयु नुवाकोटका संयोजक विष्णु दाहाल लगायतको उपस्थति रहेको थियो ।
यसअघि सांसद पाण्डेले विहिबार वेलकोटगढी नगरपालिकालको विभिन्न वडाहरुको अनुगमन गरेका थिए ।
प्रतिक्रिया