धादिङमा बाहिरी जिल्लाबाट ढुवानीमा रोक
धादिङ । खाद्यान्न ढुवानीका नाममा चहलपहल बढ्न थालेपछि स्थानीय प्रशासनले लकडाउन थप कडा पारेको छ ।
प्रशासनले बिहीबार बाहिरी जिल्लाबाट हुने तरकारी, फलफूल र खाद्यान्न ढुवानीमा प्रतिबन्ध लगाएको छ सदरमुकाम नजिकैको ज्वालामुखीमा र्यापिड टेस्टमा एक जनामा कोरोना पोजिटिभ देखिएको र दैनिक उपभोग्य वस्तुको खरिदविक्रीका नाममा लापरबाही बढ्न थालेकाले कडाइ गरिएको प्रजिअ अस्मान तामाङले बताए । बुधबारसम्म दैनिक दुईपटक खोल्न दिइएका तरकारी र खाद्यान्न पसल पनि बिहीबारबाट बन्द गरिएका छन् । मोटरसाइकलसमेत चल्न दिइएका छैनन् ।
जिल्ला उद्योग वाणिज्य संघसहितको जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना संक्रमण फैलन नदिन वैशाख ४ देखि १० गतेसम्मलाई ढुवानीमा प्रतिबन्ध लगाएको हो । वाणिज्य संघले सदरमुकाममा १७ हजार बोरा चामल मौज्दात रहेको र आन्तरिक उत्पादनबाटै सस्तोमा तरकारी उपलब्ध गराउन सकिने जनाएपछि रोक लगाइएको प्रजिअ तामाङले बताए ।
यसअघि धादिङका विभिन्न संकलन केन्द्रबाट काठमाडौं गएको तरकारी फेरि धादिङबेंसी ल्याइने गरेको छ भने तराईका जिल्लाबाट पनि ढुवानी हुँदै आएको थियो । जिल्लामै उत्पादित तरकारी विक्री नभएर किसान मर्कामा परेका बेला यहीँ खपत गर्न सके सबैको भलो हुने वाणिज्य संघ अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।
भीडभाड बढेकै कारण बैंक तथा वित्तीय संस्था खोल्न पनि रोक लगाइएको छ । औषधि पसल पनि सुरक्षाका सम्पूर्ण उपाय अपनाएर मात्र खोल्न आग्रह गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया