कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु
विदुर खबर
२०७७ वैशाख ४ गते १५:११
नुवाकोट । बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ ।
लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिनुभयो । स्जाङजा स्थायी घर भई केही वर्ष पोखरा लेकसाइड बसाइँ सरेका श्रेष्ठ हाल लण्डनमा हुनुहुन्थ्यो ।
गत दुई हप्तादेखि खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका श्रेष्ठलाई पछिल्लो समय भेन्टिलेटरमा राखी उपचार गरिए पनि कुनै सुधार नभएको बरालले बताउनुभयो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली १० पुगेका छन् । ती मध्ये सात पूर्व गोरखा सैनिक छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट





प्रतिक्रिया