घरघरमा पुगेर सामाजिक भत्ता वितरण गर्दै विदुर नगरपालिका
विदुर खबर
२०७७ वैशाख ३ गते १९:२६


विदुर नगरपालिका वडा नम्बर १ की १०३ वर्षिया धन दिव्याश्वरी थपलियालाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै वडाअध्यक्ष लेनिन रञ्जित ।
नुवाकोट । विदुर नगरपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।
लकडाउनका कारण वुद्धवुद्धा,जेष्ठ नागरिक ,एकल महिला, असाहय तथा दलित समुदायका बालबालिकाहरु बैकमा उपस्थित हुन नसकेकोले घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया