लकडाउन प्रभाव : नुवाकोटको दुप्चेश्वर महादेवको मन्दिर प्रवेशमा रोक

विदुर खबर २०७७ वैशाख ३ गते १३:४१

दुप्चेश्वर । नुवाकोटको पुरातात्तिक तथा ऐतिहासिक मन्दिरको रुपमा रहेको दुप्चेश्व्रु मन्दिर प्रवेशमा रोक लगाइएको छ ।

Advertisement

बुधवार दुप्चेश्वर गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दे सरकारले देशभर जारी गरेको लकडाउनको समयमा मन्दिर दर्शनका लागि दर्शनार्थीहरु आउनाले संक्रमण फैलने भएकाले बुधवारदेखि अर्काै सुचना नआएसम्म मन्दिर प्रवेशमा रोक लगाइएको उल्लेख गरिएको छ ।

त्यस्तै सुचनाको पालना नगरेमा कानुन अनुसार कारवाही गरिने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Advertisement

यस्तो छ गाउँपालिकाको विज्ञप्ती ।

Advertisement

प्रतिक्रिया