मेरो माइक्रोफाइनान्सद्धारा कोरोना भाइरस रोकथाम कोषमा साढे २५ लाख रुपैया सहयोग

विदुर खबर २०७७ वैशाख २ गते १६:१८

नुवाकोट । नुवाकोटको बट्टारमा केद्रिय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्वव्यापी महामारीको रुपमा विश्वभर फैलिरहेको नोवल कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि संघीय सरकारले स्थापना गरेको कोषमा राहत कोषमा साढे २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

Advertisement

मंगलवार मेरोमाइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले विज्ञप्ती जारी गर्दे सरकारले खोलेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा फाइनान्सले २५ लाख ६० हजार ७ सय १९ रुपैया“ सहयोग गर्ने बताएका हुन । प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार संघीय सरकारले स्थापना गरेको कोषमा सहयोग गरिएको सो रकम सञ्चालक समितिको तर्फबाट, कार्यरत कर्मचारीहरूको ३ दिनको पारिश्रमिक तथा संस्थाको तर्फबाट जम्मा गरिएको हो ।

त्यस्तै माइक्रोफाइनान्सले तत्कालका लागि विपन्न तथा पिडित वर्गहरुका लागि राहत स्वरुप खाद्यान्नको लागि छुट्टै १० लाख रुपैयाँ समेत सहयोग गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

यस्तो छ माइक्रोफाइनान्सको विज्ञप्ती ।

Advertisement

प्रतिक्रिया