Breaking News : सनसिटी अपार्टमेन्टका तीनै जनामा कोरोना पोजिटिभ
विदुर खबर
२०७७ वैशाख २ गते १३:३१

नुवाकोट । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने तीन जनाको पीसीआर परिक्षणमा पनि कोरोना पोजिटिभ देखिएको पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार परिवारका तीन जना आमा, छोरा र बुहारीमा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको हो ।उनीहरुलाई ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । यसअघि हिजो उनीहरुको घाँटीको र्यालको नमुना पिसीआर गर्नका लागि पाटन अस्पतालमा ल्याइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया