लकडाउनको समय थप्न मन्त्रिपरिषदको बैठक बस्दै
विदुर खबर
२०७७ वैशाख २ गते ११:३६
नुवाकोट । दोस्रोपटक बढाइएको लकडाउनको अवधि सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । ११ बजे बस्ने मन्त्रिपरिषद्ले लकडाउन हटाउने वा बढाउने विषयमा निर्णय गर्नेछ ।
लकडाउन ७ वा १० दिन बढ्नसक्ने एक मन्त्रीले कान्तिपुरलाई बताए। छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेरअघि एक सन्देश जारी गरी भारतमा लकडाउन मे ३ अर्थात्, वैशाख २१ सम्म बढाउने घोषणा गरेका छन्। भारतमा बढेको लकडाउनको समेत विश्लेषण गरेर निर्णय गरिने उनले बताए।
नेपालमा हालसम्म कोरोनाका १४ वटा केस प्रयोगशाला प्रमाणित छन्। काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्दै आएको एक परिवारका तीनजनामा र्यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ देखिए पनि पिसिआर टेस्टको रिपोर्ट आएको छैन।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया