डा केसीलाई ‘रेस्क्यु’ गर्न जान लागेको हेलिकोप्टर रोकियो

विदुर खबर २०७५ असार २७ गते १६:४२

काठमाडौं– डा गोविन्द केसीलाई ‘रेस्क्यु’ गर्न जुम्ला जान खोजेको हेलिकोप्टर रोकिएको छ । वर्तमान सरकारकी क्याबिनेट डाक्टर मिर्गौला रोग विशेषज्ञ दिव्या सिंह र नेपाल मेडिकल एशोसियसन(एनएमए)का प्रतिनिधी हेलिकोप्टर लिएर रेस्क्युका लागि जुम्ला जाने तय भएको थियो । तर, एनएमएले प्रतिनिधी नपठाएपछि हेलिकोप्टर रोकिएको हो।

Advertisement

डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि काठमाडौं ल्याएर उपचार गर्दै बार्ताका लागि समेत पहल गर्ने योजना बनाइएको थियो । डा केसीलाई रेस्क्यु गर्न नेपाली सेनाको हेलिकोप्टर तयार गरिएको थियो।

सरकारले वार्तामा चासो नदेखाएका कारण डा केसी काठमाडौं आउन मान्ने सम्भावना कमजोर रहेकाले संघले प्रतिनिधी पठाउन नचाहेको बुझिएको छ । चिकित्सक स्रोतले भन्यो, ‘डा केसीको अवस्था बिग्रदै गएको छ तर उपचाररत अस्पतालमा उपचार हुन नसक्ने गरी बिग्रिएको छैन । त्यसैले रेस्क्युका लागि सरकारी टोलीसँग जाने/नजाने टुंगोमा पुगिएको छैन।’

Advertisement

सरकारी टोलीसँगै जाँदा  एनएमए प्रतिनिधी जाँदा डा केसीले एनउमए पनि सरकारसँग मिलेको आरोप लगाउन सक्ने डरले निर्णय लिन कठिन भएको बुझिएको छ।

उक्त हेलिकोप्टर लिएर जान लागेकी डा सिंह भने मौसम र समन्वय अभावका कारण रोकिएको बताउँछिन्। हेलिकोप्टर जाने सम्भावना कायमै रहेको जनाउँदै छलफल भइरहेको उनले बताइन् । भनिन्, ‘आजै जाने तयारी गरेपनि मौसम र समन्वय नमिलेर रोकिएका छौं।’

Advertisement

प्रतिक्रिया