डा केसीलाई ‘रेस्क्यु’ गर्न जान लागेको हेलिकोप्टर रोकियो
काठमाडौं– डा गोविन्द केसीलाई ‘रेस्क्यु’ गर्न जुम्ला जान खोजेको हेलिकोप्टर रोकिएको छ । वर्तमान सरकारकी क्याबिनेट डाक्टर मिर्गौला रोग विशेषज्ञ दिव्या सिंह र नेपाल मेडिकल एशोसियसन(एनएमए)का प्रतिनिधी हेलिकोप्टर लिएर रेस्क्युका लागि जुम्ला जाने तय भएको थियो । तर, एनएमएले प्रतिनिधी नपठाएपछि हेलिकोप्टर रोकिएको हो।
डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि काठमाडौं ल्याएर उपचार गर्दै बार्ताका लागि समेत पहल गर्ने योजना बनाइएको थियो । डा केसीलाई रेस्क्यु गर्न नेपाली सेनाको हेलिकोप्टर तयार गरिएको थियो।
सरकारले वार्तामा चासो नदेखाएका कारण डा केसी काठमाडौं आउन मान्ने सम्भावना कमजोर रहेकाले संघले प्रतिनिधी पठाउन नचाहेको बुझिएको छ । चिकित्सक स्रोतले भन्यो, ‘डा केसीको अवस्था बिग्रदै गएको छ तर उपचाररत अस्पतालमा उपचार हुन नसक्ने गरी बिग्रिएको छैन । त्यसैले रेस्क्युका लागि सरकारी टोलीसँग जाने/नजाने टुंगोमा पुगिएको छैन।’
सरकारी टोलीसँगै जाँदा एनएमए प्रतिनिधी जाँदा डा केसीले एनउमए पनि सरकारसँग मिलेको आरोप लगाउन सक्ने डरले निर्णय लिन कठिन भएको बुझिएको छ।
उक्त हेलिकोप्टर लिएर जान लागेकी डा सिंह भने मौसम र समन्वय अभावका कारण रोकिएको बताउँछिन्। हेलिकोप्टर जाने सम्भावना कायमै रहेको जनाउँदै छलफल भइरहेको उनले बताइन् । भनिन्, ‘आजै जाने तयारी गरेपनि मौसम र समन्वय नमिलेर रोकिएका छौं।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया