कोरोनाले अमेरिकामा थप एक नेपालीको मृत्यु
विदुर खबर
२०७६ चैत २७ गते ८:४५
नुवाकोट । कोरोना भाइरस (कोभिड-१९) संक्रमणले अमेरिकामा थप एक प्रवासी नेपालीको मृत्यु भएको छ ।
सोलुखुम्बुको सोताङ गाउँपालिका-४ दिम्बल घर भइ १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।ङिमाको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको संयुक्त शेर्पा संघ अमेरिकाले बताएको छ ।
उनी शेर्पा किदुगका आजीवन सदस्य थिए । शेर्पाका एक छोरा र एक छोरी छन् । शेर्पाको मृत्युसँगै अमेरिकामा कोरोनाका कारण अमेरिकामा मृत्यु हुने नेपालीको संख्या दुई पुगेको छ । यसअघि ५० वर्षीय अनिल सुब्बाको पनि कोरोना संक्रमणले मृत्यु भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन
नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने





प्रतिक्रिया