कोरोना रोकथामका लागि लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त भत्ताको घोषणा गरेका बेला प्रहरी प्रधान कार्यालयले तलब कट्टा गर्ने निर्णय गरेको जनाइएको छ ।आर्थिक महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाद्वारा हस्ताक्षरित पत्रमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कोषमा जम्मा गर्नुपर्ने भनिएको छ ।
कसको तलब कति काटिन्छ ?
जम्मा गरिएको रकमको भौचर प्रतिलिपि प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय वा प्रदेश प्रहरी कार्यालयमा संकलन गरी आर्थिक महाशाखामा बुझाउन भनिएको छ । पत्रमा बैशाख महिनाको तलबबाट कोषमा रकम जम्मा गर्न भनिएको छ ।
पत्रमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायब निरीक्षक (सई) ले तीन दिन, प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) ले ५ दिन, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी नायब महानिरीक्षक (डीआईजी), प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) ले ७ दिनको तलब कट्टी गरी कोषमा दाखिला गर्नुपर्ने भनिएको छ ।
जसअनुसार असईले २ हजार ६ सय ५८, सईले २ हजार ८ सय २० रुपैयाँ कोषमा दाखिला गर्नुपर्नेछ । इन्स्पेक्टरले ६ हजार, डीएसपीले ६ हजार ७ सय ३० र एसपीले ७ हजार २ सय ४५ रुपैयाँ जम्मा गनुपर्ने भनिएको छ । एसएसपीले ११ हजार ५३, डीआईजीले ११ हजार ९ सय, एआईजीले र आईजीले १४ हजार १ सय ६१ रुपैयाँ जम्मा गर्नुपर्ने भनिएको छ ।

नुवाकोट । प्रहरी प्रधान कार्यालय, नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने भएको छ ।










किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया