कोरोनाले विश्वभरका सवा एक अर्बको रोजगारी संकटमा : आईएलओ
नुवाकोट । कोरोना भाइरसको विश्वव्यापी महामारीले मानव जीवनका सबै अंग-प्रत्यंग प्रभावित बनाएको छ । यसमध्ये पनि सबैभन्दा ठूलो संकट सिर्जना भएको छ, रोजगारीको क्षेत्रमा ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर सवा एक अर्ब मानिसको रोजगारी प्रभावित हुने जोखिम औंल्याएको छ । उनीहरुमध्ये धेरैको तलव कटौति हुने र कतिले रोजगारी नै गुमाउने आईएलओको आँकलन छ ।
गलबार सार्वजनिक गरिएको नयाँ अध्ययनको प्रतिवेदनमा आईएलओले विश्वभरका एक अर्ब २५ करोड मानिसको रोजगारी, तलब र कम गर्ने समयमा कटौती हुन सक्ने भविष्यवाणी गरेको हो । साथै, धेरै मानिसलाई कम तलब दिइने र क्षमताभन्दा तलको रोजगारी दिइन सक्ने प्रतिवेदनमा उल्लेख छ ।क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै जोखिम अमेरिकाको रोजगारीमा देखिएको छ । प्रतिवेदनअनुसार अमेरिकाको ४३ प्रतिशत रोजगारीमा समस्या आउन सक्नेछ । अफ्रिकामा भने २६ प्रतिशतमा मात्र यो अवस्था आउने बताइएको छ ।
‘तर, अफ्रिकामा अनौपचारिक क्षेत्र धेरै भएकाले विभिन्न किसिमका आर्थिक र सामाजिक चुनौतीहरु थपिने छन्,’ प्रतिवेदनमा भनिएको छ । विश्वभर दुई अर्ब मानिसहरु अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरुमध्ये धेरैजसो उदीयमान र विकासशील अर्थतन्त्र भएका मुलुकमा छन् । उनीहरुको रोजगारी गुम्ने वा तलब कटौती हुने जोखिम उच्च रहेको आइएलओको निस्कर्ष छ ।
आईएलओको प्रतिवेदनले अहिले विश्वभर पूर्ण वा आंशिक रुपमा लगाइएको लकडाउनको कारण करिब दुई अर्ब ७० करोड कामदारहरु प्रभावित भइरहेको उल्लेख गरेको छ । यो संख्या विश्वको समग्र जनशक्तिको ८१ प्रतिशत हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार





प्रतिक्रिया