कोरोनाले विश्वभरका सवा एक अर्बको रोजगारी संकटमा : आईएलओ

विदुर खबर २०७६ चैत २६ गते १८:०३

नुवाकोट । कोरोना भाइरसको विश्वव्यापी महामारीले मानव जीवनका सबै अंग-प्रत्यंग प्रभावित बनाएको छ । यसमध्ये पनि सबैभन्दा ठूलो संकट सिर्जना भएको छ, रोजगारीको क्षेत्रमा ।

Advertisement

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर सवा एक अर्ब मानिसको रोजगारी प्रभावित हुने जोखिम औंल्याएको छ । उनीहरुमध्ये धेरैको तलव कटौति हुने र कतिले रोजगारी नै गुमाउने आईएलओको आँकलन छ ।

गलबार सार्वजनिक गरिएको नयाँ अध्ययनको प्रतिवेदनमा आईएलओले विश्वभरका एक अर्ब २५ करोड मानिसको रोजगारी, तलब र कम गर्ने समयमा कटौती हुन सक्ने भविष्यवाणी गरेको हो । साथै, धेरै मानिसलाई कम तलब दिइने र क्षमताभन्दा तलको रोजगारी दिइन सक्ने प्रतिवेदनमा उल्लेख छ ।क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै जोखिम अमेरिकाको रोजगारीमा देखिएको छ । प्रतिवेदनअनुसार अमेरिकाको ४३ प्रतिशत रोजगारीमा समस्या आउन सक्नेछ । अफ्रिकामा भने २६ प्रतिशतमा मात्र यो अवस्था आउने बताइएको छ ।

Advertisement

‘तर, अफ्रिकामा अनौपचारिक क्षेत्र धेरै भएकाले विभिन्न किसिमका आर्थिक र सामाजिक चुनौतीहरु थपिने छन्,’ प्रतिवेदनमा भनिएको छ । विश्वभर दुई अर्ब मानिसहरु अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरुमध्ये धेरैजसो उदीयमान र विकासशील अर्थतन्त्र भएका मुलुकमा छन् । उनीहरुको रोजगारी गुम्ने वा तलब कटौती हुने जोखिम उच्च रहेको आइएलओको निस्कर्ष छ ।

आईएलओको प्रतिवेदनले अहिले विश्वभर पूर्ण वा आंशिक रुपमा लगाइएको लकडाउनको कारण करिब दुई अर्ब ७० करोड कामदारहरु प्रभावित भइरहेको उल्लेख गरेको छ । यो संख्या विश्वको समग्र जनशक्तिको ८१ प्रतिशत हो ।

Advertisement

प्रतिक्रिया