नेपाली कांग्रेस पञ्चकन्याद्वारा राहत सामाग्री गाउँपालिकालाई हस्तान्तरण

विदुर खबर २०७६ चैत २५ गते १६:१२

विदुर ।  नेपाली कांग्रेस पन्चकन्या गाउँपालिकाले कोरोना भाइरसको कारण गाउँपालिकाका गरिव,अशत्त तथा विपन्न समुदायहरु प्रभावित भएको भन्दै मंगलवार गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष तथा वडाअध्यक्षहरु मार्फत गरिव तथा विपन्न समुदायलाई राहत सामाग्री वितरण गरेको छ ।

Advertisement

त्यस्तै राहत सामाग्री ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष रमेश लामाले सबैको सहयोग मिलेमा गाउँपालिकाले पालिकाभित्र रहेका विपन्न तथा गरिव समुदायको घरघरमा पुगेर राहत वितण गरिने बताए । उनले सक्ने सबै व्यक्तिले महामारीको समयमा सहयोग गर्नुपर्ने उल्लेख गरे ।

वितरण गरिएको सामाग्रीहरुमा चामल।दाल,नुन तेल रहेको नेपाली कांग्रेस पन्चकन्या गाउँपालिकाले जानकारी दिएको छ । सरकारको निति अनुसार गाउँपालिका मार्फत राहत वितरण गरिएको बताइएको छ । । त्यस्तै सामाग्री उपलब्ध गराउनेहरुलाई धन्यवाद दिँदै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्ण मिश्रले अहिलेको अवस्था सत्ता पक्ष र प्रतिपक्ष नभनिकन सबै मिलेर यो महामारिको बिरुद्धमा लड्नुपर्ने बिदुर खवरलाई बताए । उनले आगामी दिनमा अन्य सहयोगको कार्यक्रम समेत जारी राख्ने बताए ।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोट जिल्ला सदस्य तथा गाउँपालिकाकि उपाध्यक्ष सीता पराजुलि खड्का ,जिल्ला समन्वय समिति सदस्य अभिनव फुयाल वडा सदस्यहरु जगदिश महत, प्रमिला खनाल ,नेपाली कांग्रेस नुवाकोटका पुर्व उपसभापति यम वहादुर थापा , पुर्व क्षेत्रीय सचिव बिष्णुहरि मिश्र ,नेविसंघका क्षेत्रीय अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र ,नेपाली कांग्रेस नुवाकोटको संगठन बिभाग सचिव जगदिश कुईकेल ,क्षेत्रीय सहसचिव रामशरण श्रेष्ठ ईकाई अध्यक्षहरु माधब प्रसाद खनाल ,प्रकाशचन्द पण्डित, र जिपि फाउन्डेसन नुवाकोटको सचिव पुरषोतम खड्का स्थानीय नेताहरु ,नमराज कार्कि , भृर्गुरिसि मिश्र ,भगवान पैडेल , राजेन्द्र मिश्र , पदम वहादुर तामाङ लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया