अमात्यको सहयोगमा नुवाकोट जेसिजद्धारा एम्बुलेन्स चालकहरुकालाई पिपिई वितरण
विदुर । नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी गीता अमात्यको व्यक्तिगत सहयोगमा आईतबार नुवाकोट जेसिजले कोरोना संक्रमण रोकथाम र उपचारका लागि खटिनुपर्ने एम्बुलेन्स चालकहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराएको छ ।
जेसिज नुवाकोटका अध्यक्ष श्रीकृष्ण आचार्यले एम्बुलेन्स चालकहरुका लागि उपलब्ध गराईएको १० थान पिपिई स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेलाई हस्तान्तरण गरका हुन् । पिपिई ग्रहण गर्दै स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले कोरोना संक्रमण रोकथाम अभियानका महत्वपूर्ण अंगको रुपमा लिईने एम्बुलेन्स चालकहरुको मनोबल उच्च राखि कार्यस्थलमा खटाउन जेसिजको सहयोगले महत्वपूर्ण अर्थ राख्ने बताए ।
जेसिजले उपलब्ध गराएको पिपिई कोरोनाका शंकास्पद बिरामीहरु भेटिएमा उनीहरुलाई अस्पतालसम्म ल्याउनु परेको अवस्थामा एम्बुलेन्स चालकहरुलाई उपलब्ध गराईने स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन जनार्दन सिलवालले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया