तादी गाउँपालिकाद्धारा जिल्लाबाहिरका मजदुरलाई खाद्यान्न वितरण


सांकेतिक तश्वीर
नुवाकोट । विभिन्न जिल्लाका मजदुरलाई तादी गाउँपालिकाले खाद्यान्न प्रदान गरेको छ। बाहिरी जिल्लाबाट आई गाउँपालिकाभित्रको विकास आयोजना सडक, खानेपानी, विद्युत तथा भवन निर्माणमा खटिएका ७८ मजदुरलाई राहत दिइएको गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए।
उनीहरुलाई एक किलो चिनी, दुई लिटर खानेतेल, तीन किलो दाल र १५ किलो चामल प्रदान गरिएको छ। अध्यक्ष पाण्डेका अनुसार उनीहरु सप्तरी, दाङ, सल्यान, रुकुमलगायत जिल्लाका छन्। त्यसैगरी विपन्न वर्गको लगत संकलन गरिसकिएको र वडा कार्यालयमार्फत उनीहरुलाई छिट्टै राहत दिइने गाउँपालिकाले जनाएको छ। हालसम्म ७ सय जनाको नामावली आएको अध्यक्ष पाण्डेल जानकारी दिए।
गाउँपालिकामा वैदेशिक रोजगारीबाट आएका ९ जना होम क्वारेन्टाइनमा बसेका छन्। खरानीटार अस्पतालमा ६ बेडको आइसोलनेस वार्ड तथा खरानीटार र अमरज्योति क्याम्पसमा २२ बेडको क्वारेन्टाइन बनाइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया