नुवाकोट चेम्बर अफ कमर्सद्धारा प्रहरीलाई माक्स वितरण

विदुर खबर २०७६ चैत २२ गते १७:२७

विदुर । नुवाकोट चेम्बर अफ कमर्सले जिल्ला प्रहरी कार्यालय नुवाकोट र सशस्त्र प्रहरी कार्यालय गुल्म १९ लाई माक्स वितरण गरेको छ ।

Advertisement

नुवाकोट चेम्बर अफ कमसका अध्यक्ष कविन्द्रमान प्रधानले जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक राजेश थापा तथा सशस्त्र प्रहरी कार्यालय गुल्म १९ का प्रहरी नायब उपरीक्षक जनक सापकोटालाई मास्क हस्तान्तरण गर्नुभएको हो ।

प्रधानले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सुरक्षा निकायलाई माक्स वितरण गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा जिल्ला रहेका अन्य क्षेत्रका अत्याआवश्यक काममा खटिएका व्यक्तिहरुलाई पनि माक्स वितरण गर्ने बताउनुभयो ।

Advertisement

प्रतिक्रिया