नुवाकोटको तादीमा खुकुरी प्रहार गरेको आरोपमा एक युवक पक्राउ

विदुर खबर २०७६ चैत २१ गते २१:२९

विदुर । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ३ पौउडाँडाबाट खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले बिहिबार राती एक युवकलाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा २० वर्षिय सन्दिप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनले आफ्नै गाउँका २२ वर्षिय बिकास तामाङलाई खुकुरी प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
खुकुरी प्रहारबाट घाईते भएका बिकासको घाँटि, टाउको र छातिमा चोट लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाईते भएका उनलाई तत्कालै उपचारको लागी काठमाण्डौ लगिएको बताइएको छ ।

खुकुरी प्रहार गर्ने सन्दिप तामाङलाई घटनास्थलबाटनै पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्धामा शुक्रबार नुवाकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी स्विकृत गरी हिरासत राखी अनुसन्धान भइरहेको प्रहरीले जनकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया