गच्छेदारले कांग्रेसबाट विद्रोह गर्ने, कांग्रेसमाथि अर्काे संकट

विदुर खबर २०७५ असार २६ गते २:१०

सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । डा. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ ।

Advertisement

सरकार प्रति आक्रोशित बन्दै गएको नेपाली काँग्रेसले सडक देखि संसद सम्म आवाज उठाउने प्रयास गरेको छ । जनहितको विपक्षमा भएको निर्णय भन्दै काँग्रेस संसदमा एकतावद्ध रुपले प्रस्तुत भएपनि सडक आन्लोदन भने प्रभावकारी हुन सकेको छैन । काँग्रेसले सरकारका गलत क्रियाकलापका विरुद्ध संसद र सडक दुवै ठाउमा कडा रुपमा प्रस्तुत हुने घोषणा गरेको थियो ।

प्रतिपक्षको भुमिका कमजोर भएको गुनासो आइरहेको बेला काँग्रेसको शीर्ष नेताहरु बैठक बसी सत्तापक्ष विरुद्ध आन्तरिक रुपमा एकढिक्का हुनुपर्ने निष्कर्ष निकालेका थिए । तर, आन्तरिक रुपमा छिन्नभिन्न भएको नेपाली काँग्रेस एकढिक्का हुन सकेको छैन । गुट उपगुटमा विभाजित काँग्रेसमा नेताहरु एकले अर्कालाई सिध्याउने खेलमा लागेका छन ।

Advertisement

आन्तरीक रुपमा महासमिति बैठक र विधान संशोधन समिति गठनको गृहकार्यमा रहेको काँग्रेस भित्रका नेताहरुको भागवण्डा नमिलेपछि काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले एकता भंग गर्ने धम्की दिनुभएको छ ।

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को नेतृत्व गर्नु भएका गच्छदारले चुनाव अघि आफ्नो पार्टी काँग्रेसमा समाहित गर्नुभएको थियो । उहाले सभापति शेरवहादुर देउवाले एकता अघि भएको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाइरहनु भएको छ ।

Advertisement

आफुलाई उचित जिम्मेवारी नदिएको भन्दै गच्छदारले देशभरका कार्यकर्ता भेला गरी एकता भङ्ग गर्ने भन्दै सभापति देउवा माथि दबाब बढाइरहनु भएको छ । गच्छदारलाई उपसभापतिमा र शीर्ष नेताहरुलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने तथा फोरमका अगुवा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने सम्झौता देउवाले भङ्ग गरिदिए पछि उहा आक्रोशित बन्नुभएको बताइएको छ ।

प्रतिक्रिया