नेपाली कांग्रेस नुवाकोटले क्वारेन्टाईनका लागि स्थानिय प्रशासनलाई पार्टी कार्यालय दिने
विदुर । नेपाली काँग्रेस नुवाकोटले कोरोना संक्रमण रोकथामका लागि थप क्वारेन्टाईनको रुपमा आफ्नो कार्यालय रहेको भवन स्थानिय प्रशासनलाई दिने भएको छ ।
बिदुर नगरपालिका वडा नम्वर ४ बिदुरस्थित रहेको आफ्नो कार्यालय रहेको भवन स्थानीय प्रशासनलाई उपलब्ध गराउने काँग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिए ।
अधिकारी सहित काँग्रेसनुवाकोटको टोलि शुक्रवार क्वारेन्टाईनको लागि कार्यालय भवन उपलब्ध गराउने जानकारी सहितको पत्र प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई बुझाउँदै कोरोना संक्रमण रोकथामका लागि नुवाकोट काँग्रेस सम्वद्ध पक्षहरुसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
त्यसक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले कोेरोना संक्रमण रोकथामका लागि राजनीतिक दलहरुले देखाएको चासो र सहकार्यको भावनाले संक्रमण नियन्त्रणमा महत्वपूर्ण अर्थ राख्ने बताउँदै सबै मिलेर मुलुकलाई संक्रमणमुक्त बनाउन सकिने धारणा ब्यक्त गरेका थिए ।
उत्तरगया दैनिकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया