नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अमात्यको पहलमा त्रिशूली अस्पताललाई १२ थान ‘पिपिई’

विदुर खबर २०७६ चैत २० गते १५:३४

Advertisement

विदुर । नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी गीता अमात्यको पहलमा त्रिशूली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि १२ थान ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराईएको छ ।

अमात्यको पहलमा बिदुर नगरपालिका वडा नम्वर ३ निवासी शम्भु श्रेष्ठले पठाएको पुर्नप्रयोग गर्न मिल्ने पिपिई सेटहरु तथा अमात्य स्टोर्सले उपलब्ध गराएको डिटोल एन्टिसेप्टिक र डिटोल साबुनहरु बुधबार त्रिशूली अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईलाई हस्तान्तरण गरियो । त्यसक्रममा त्रिशूली अस्पताल बिकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले ब्यक्तिगत सुरक्षा उपकरणले कोरोना संक्रमण रोमथाम र बिरामीको उपचारका लागि स्वास्थ्यकर्मीमा ब्यक्तिगत सुरक्षाको भावना जागृत गरी उनीहरुको मनोबल उच्च बनाउने बिश्वास ब्यक्त गरे ।

Advertisement

यसैगरी अमात्य स्टोर्सले बुधबार नै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि पनि डिटोल एन्टिसेप्टिक र डिटोल साबुनहरु उपलब्ध गराएको स्टोर्सकी संचालिका काँग्रेस नेतृ अमात्यले जानकारी दिईन् ।अमात्यका अनुसार बिदुर नगरपालिका वडा नम्वर ३ मा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि पनि ३ थान ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराईएको छ ।

 

Advertisement

 

उत्तरगया दैनिकबाट ।

प्रतिक्रिया