रसुवामा लकडाउन उल्लंघन गर्ने कर्मचारी स्थानीयको नियन्त्रणमा

विदुर खबर २०७६ चैत २० गते ११:१८

रसुवा।  लकडाउनको समयमा पासको दुरुपयोग गरी घुम्न हिँडेका सरकारी कर्मचारीलाई गत्लाङका स्थानीयले नियन्त्रणमा लिएका छन् ।

Advertisement

 

पार्वतीकुण्ड घुम्न पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुखसहित पाँच कर्मचारीलाई स्थानीयले बुधबार साँझ नियन्त्रणमा लिएका हुन् । जिल्ला प्रशासन कार्यालय रसुवाबाट धुन्चेदेखि बेत्रावतीसम्मको पास लिएको बा २ झ ३८७९ नम्बरको उक्त गाडी बुधबार दिउँसो पार्वतीकुण्ड पुगेको थियो । पार्वतीकुण्ड आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङमा पर्छ ।

पार्वतीकुण्डबाट फर्कने क्रममा नियन्त्रणमा लिएको स्थानीयहरुले बताएका छन् । उनीहरू स्याफ्रु, गोल्जुङ हुँदै गत्लाङ गएका थिए । गाडी अहिले प्रहरीको नियन्त्रणमा छ । लकडाउन उल्लंघन तथा पासको दुरुपयोग गरेको बारे कर्मचारीसँग स्पष्टिकरण सोधिने र छानबिन गरेर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

Advertisement

प्रतिक्रिया