रसुवामा लकडाउन उल्लंघन गर्ने कर्मचारी स्थानीयको नियन्त्रणमा
रसुवा। लकडाउनको समयमा पासको दुरुपयोग गरी घुम्न हिँडेका सरकारी कर्मचारीलाई गत्लाङका स्थानीयले नियन्त्रणमा लिएका छन् ।
पार्वतीकुण्ड घुम्न पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुखसहित पाँच कर्मचारीलाई स्थानीयले बुधबार साँझ नियन्त्रणमा लिएका हुन् । जिल्ला प्रशासन कार्यालय रसुवाबाट धुन्चेदेखि बेत्रावतीसम्मको पास लिएको बा २ झ ३८७९ नम्बरको उक्त गाडी बुधबार दिउँसो पार्वतीकुण्ड पुगेको थियो । पार्वतीकुण्ड आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङमा पर्छ ।
पार्वतीकुण्डबाट फर्कने क्रममा नियन्त्रणमा लिएको स्थानीयहरुले बताएका छन् । उनीहरू स्याफ्रु, गोल्जुङ हुँदै गत्लाङ गएका थिए । गाडी अहिले प्रहरीको नियन्त्रणमा छ । लकडाउन उल्लंघन तथा पासको दुरुपयोग गरेको बारे कर्मचारीसँग स्पष्टिकरण सोधिने र छानबिन गरेर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया