तरुणदल नेता तामाङद्वारा निशुल्क गाडिकाे व्यवस्था

विदुर खबर २०७६ चैत १९ गते १९:३१

पञ्चकन्या। COVID-19 काेराेना भाईरसवाट विश्व नै आतंकित वन्दै गरेकाे अवस्थामा साे काे नियन्त्रणकाे लागि नेपाल सरकारवाट जारी गरिएकाे लकडाउन अवधिभर स्वास्थ्य समस्यामा आईपर्ने यातायात अभावलाई पूर्ति गर्नकाे लागि नेपाल तरुणदल नुवाकोटका नेता पञ्चकन्या गाउँपालिका वडा नं २ निवासी रविन्द्र तामाङले यस गाउँपालिकाभित्र र अति आवाश्यक परेमा जिल्लाभरि नै जुनसुकै राेगका विरामीहरुलाई आफ्नाे निजि सवारी साधन बा १५ च ६१७१ नम्बरकाे स्कार्पियाे मार्फत निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराई यस गाउँपालिका र छिमेकि गाउँपालिकामा स्वास्थ्य समस्यामा यातायातकाे अभाव हुन नदिने बिदुर खवरलाई तरुण नेता रबिन्द तामाङले जानकारी दिए ।

Advertisement

जाे काेहि नागरिकहरुमा आईपर्ने स्वास्थ्य समस्यामा स्वास्थ्य संस्था सम्म जानकाे लागि नि:शुल्क यातायात सेवा प्राप्तिकाे लागि तपसिलका माेवाईल नम्वरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।
९८५१०४५०१६ रविन्द्र तामाङ
९८५११२६४५१ र ९८१८६०३४५१ वसन्त बहादुर तामाङ।

प्रतिक्रिया