साविक गेर्खुका दुईजना क्वारेन्टाइनमा
विदुर खबर
२०७६ चैत १६ गते २०:५३

गेर्खु । साविक गेर्खु गाविसका दुई जनालाई क्वारेन्टाईन राखिएको छ ।
उनीहरुलाई विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा विदुर नगरपालिकाद्वारा स्थापना गरिएको क्वारेन्टाईन सेन्टरमा राखिएको विदुर नगरपालिकाले जनाएको छ ।
क्वारेन्टाइनमा रहेकामध्ये एकजना हालको विदुर नगरपालिका वडा नम्बर १० र वडा नम्बर ११ का एक÷एक जना रहेका छन । क्वारेन्टाइनमा रहेकामध्ये एकजना भारतबाट र एक जना दुबईबाट स्वेदश फर्किएका थिए ।
त्यस्तै नगरपालिकाद्धारा संचालन गरिएकोक् वारेन्टाईनमा आजसम्म ८ पुरूष र १ महिला गरि ९ जनालाई राखिएको विदुर नगरपालिकाले जनाएको छ । जसमा सबैभन्दा बढी वडा नम्बर १३ मा ६ जना छन भने वडा नम्बर ५,१० र ११ मा एक÷एक जना रहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया