उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या, लकडाउनमै सिसडोलबासीको अवरोध
नुवाकोट । उपत्यकाको फोहोर व्यवस्थापनमा बारम्बार समस्या भोग्दै आएको काठमाडौं महानगरपालिकाले लकडाउनको समयमा पनि यो समस्याबाट मुक्ति पाउन सकेन ।
विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको साताव्यापी लकडाउनको समयमा पनि महानगरपालिकाले फोहोर व्यवस्थापनमा अवरोधको सामना गर्नु परेको हो । सरकारले लकडाउन घोषणा गरेको २ दिनपछि नै उपत्यकामा फोहोर व्यस्थापनमा समस्या देखिएको हो ।
फोहोर उठाउने निजी क्षेत्रका कामदारले एकातिर फोहोर नउठाएको र अर्कोतिर फोहोर व्यवस्थापन क्षेत्र (डम्पिङ्ग साइट) सिसडोल–बञ्चरेडाँडामा स्थानीयबासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएको काठमाडौं महानगरपालिकाले जनाएको छ । लकडाउनका बीच निजी क्षेत्रले फोहोर नउठाइदिँदा र ल्याण्डफिल्ड साइटका स्थानीय सिसडोलबासीले अवरोध गरिदिँदा केही दिन उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।
‘महानगरपालिकाका अतिरिक्त निजी क्षेत्रहरुले पनि फोहोर उठाउने गर्छन् । कोरोनाको सन्त्रासकाबीच लकडाउनका कारण ती निजी क्षेत्रहरुले पहिले झैं नियमित फोहोर उठाइदिएनन् । जसले गर्दा केहि दिन समस्या आयो,’ उनले भने, ‘उता ल्याण्डफिल्ड साइट सिसडोलबासीहरुले पनि यहि बीचमा विभिन्न माग राखेर अवरोध गरे, जसले फोहोर व्यवस्थापनमा समस्या आएको थियो । तर अहिले समस्या हटिसकेको छ ।’ हाल फोहोर व्यवस्थापनमा कुनै समस्या नरहेको उनले बताए । ‘पहिलेझैं नियमित रुपमा उपत्यकाको फोहोर उठिरहेको छ,’ उनले भने ।
डंगोलका अनुसार ल्याण्डफिल्ड साइट–सिसडोलबासीहरुले कोरोनाको सन्त्रासका बीच प्रभावित क्षेत्रमा सम्भावित दुर्घटना र रोगको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको माग गरेका थिए । स्थानीयबासीले कोरोनाको रोकथाम र सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हात धुने साबुन पानीको प्रवन्ध गरिदिन र आवश्यक मास्क, सेनिटाइजर लगायत मेडिकल किट्सको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।
अहिले सरकार र सिसडोलबासीबीच द्विपक्षीय वार्ता भई सहमति जुटिसकेको र फोहोर उठ्न थालेको डंगोलले रातोपाटीलाई बताए ।
निजी क्षेत्रहरुले पनि निर्वाधरुपमा पहिलेझैं नियमित रुपमा फोहोर उठाउन थालिसकेको डंगोलले बताए ।
पास नहुँदा फोहोर व्यस्थापनमा समस्या
लकडाउनका बेला सवारी सञ्चालन अनुमतिपत्र (पास)को व्यवस्था नहुँदा फोहोर व्यवस्थापनमा समस्या आएको ललितपुर महानगरपालिकाले बताएको छ । सरकारले अत्यावश्यक पानी, दुध, फोहोर लगायतका ढुवानीका साधनहरुलाई नरोक्ने भने पनि काठमाडौं महानगरपालिकाले फोहोर बोक्ने गाडीलाई समेत रोकेपछि समस्या आएको ललितपुर महानगरपालिकाका कार्यालय प्रमुख प्रेमप्रसाद भट्टराईले बताए ।
‘
ललितपुर महानगरपालिकाभित्र फोहोर उठाउन, बोक्न र ढुवानी गर्न कुनै अवरोध छैन । गाडीहरुले फोहोर उठाइरहेका छन्,’ उनले भने, ‘तर यता (ललितपुर)बाट गएका फोहोरका गाडीहरुलाई काठमाडौंले रोक्यो, त्यसैले समस्या आएको हो ।’
कार्यालय प्रमुख भट्टराईले भने, ‘अहिले हामीले महानगरपालिकाकै पासले काम गरिरहेका छौं । तर प्रहरीले फोहोरको गाडीलाई समेत जिल्ला प्रशासनको पास खोजेपछि समस्या आएको हो । अहिले महानगरले जिल्ला प्रशासनको पाससमेत माग गरेको छ ।’
भट्टराईका अनुसार उपत्यकाको फोहोर व्यवस्थापनमा ल्याण्डफिल्ड साइट सिसडोलबासीहरुको अवरोधका कारण पनि समस्या आएको हो । अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ ।
काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन स्थानीय तहले सिसडोलबासीहरुको माग सम्बोधन गर्ने गरी आइतबार छलफल गर्दैछन् । अहिलेलाई समस्या टरे पनि पछि यस्तो समस्या आउन नदिन के गर्न सकिन्छ भन्नेबारे छलफल केन्द्रित रहेको बताइएको छ ।
यस्तो समस्या फेरि पनि आउन सक्ने भन्दै महानगरले पूर्ण तयारी थालेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।
हाल काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै स्थानीय तहका फोहोर नुवाकोट र धादिङ जिल्लाको सिमानास्थित सिसडोल, बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।
उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय भए पनि हालसम्म महानगरपालिकाले नै फोहोर व्यवस्थापन गर्दै आएको छ । एकिकृत फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने गरी यस अघि नै काठमाडौं महानगरपालिका र नेप वेस्टबीच सम्झौता भइसकेको छ । सम्झौताअनुसार लगानी बोर्डले २०७५ असार १ गते नै उक्त परियोजनाको विकास सम्झौतालाई स्वीकृत गरिसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया